होटलमा १७ वर्षीया किशोरी बलात्कृत

होटलमा १७ वर्षीया किशोरी बलात्कृत

मोरङमा १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनीमाथि जबरजस्ती करणी गरेको आरोपमा उर्लाबारी नगरपालिका–५ मिलन चोक बस्ने ४१ वर्षीय रविन गुरुङलाई पक्राउ गरिएको छ ।

उनले ती किशोरीलाई विभिन्न प्रलोभनमा स्थानीय होटलमा लगेर करणी गरेको बताइएको छ । 

ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका गुरुङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू