घाँटीमा छुरा रोपिएको अवस्थामा युवकको शव

घाँटीमा छुरा रोपिएको अवस्थामा युवकको शव
सुन्नुहोस्

चितवनमा एक युवक विभत्स रुपमा मारिएका छन् । खैरहनी नगरपालिका–२ चैनपुरस्थित निर्माणधीन हर्बल कम्पनीको पर्खालनजिकै स्थानीय २४ वर्षे कृष्णप्रसाद खनाल मृत अवस्थामा फेला परेका हुन् । 

आज बिहान साढे ६ बजे घाँटीमा छुरा रोपिएको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता डिएसपी श्रीराम भण्डारीले जानकारी दिए । 

घाँटीमा तरकारी काट्ने साइजको चक्कु रोपिएको अवस्थामा शव पाइएको प्रहरीले जनाएको छ । घटनास्थलमा फरेन्सिक जाँच टोलीसहित प्रहरी खटिएको छ । 

डिएसपी भण्डारीले घटनाको बाँकी विवरण अनुसन्धानपछि मात्र खुल्ने बताए ।

टिप्पणीहरू