अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एक किलो सुनसहित भारतीय नागरिक पक्राउ

अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एक किलो सुनसहित भारतीय नागरिक पक्राउ

८५५ ग्राम सुनसहित ३५ वर्षीय सरिफ अहमद अब्दुल गफुर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । 

उनी गए राती फ्लाई दुबईको उडानमार्फत काठमाडौं उत्रिएका थिए । विमानस्थलबाट बाहिरिँदै गर्दा गफुरले केही अस्वभाविक हर्कत देखाएपछि प्रहरीले शंका लागेर चेकजाँच गरेको थियो ।

उनको साथबाट ८५५ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ । अहिले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको र विस्तृत जानकारी पाएपछि सार्वजनिक गर्ने तयारी छ ।

टिप्पणीहरू