छोरोको कुटपिटबाट आमा बितिन्

छोरोको कुटपिटबाट आमा बितिन्

सुनसरीमा एक युवकले आमाको हत्या गरेका छन् । धरान उपमहानगरपालिका–११, कुविर्ताचोक बस्ने ४६ वर्षीया रमनश्वरी राईको हत्या अभियोगमा उनका छोरा २८ वर्षका दिपक राईलाई प्रहरीले पक्राउ गरेको छ ।

गएराति दिपकले मादक पदार्थ सेवन गरेर कुटपिट गरेपछि रमनश्वरी गम्भीर घाइते भएकी थिइन् । तत्काल उपचारार्थ घोपा अस्पताल लगिएकोमा उपचारको क्रममा उनको निधन भएको बताइएको छ ।

घटनालगत्तै अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको टोलीले दिपकलाई नियन्त्रणमा लिएको जनाएको छ । हाल यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
 

टिप्पणीहरू