भीआईपी सवारीमा सर्वसाधारणलाई नरोक्न सर्वोच्चको आदेश

भीआईपी सवारीमा सर्वसाधारणलाई नरोक्न सर्वोच्चको आदेश
सुन्नुहोस्

विशिष्ट व्यक्तिको सवारीका नाममा सर्वसाधारणको आवतजावत प्रभावित नपार्न सर्वोच्च अदालतले सरकारका नाममा परमादेश जारी गरेको छ । 

भीआईपी सुरक्षा र सवारीका नाममा सर्वसाधारण सडकमा अवरोध गर्ने कार्य रोक्न माग गर्दै अधिवक्ता ज्ञानेश्वर कोइरालाले दायर गरेको रिटमा अदालतले यस्तो आदेश दिएको हो । न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले अब उप्रान्त भीआईपीको सवरीमा सर्वसाधारणलाई बाटो बन्द नगर्न भनेको छ ।

 

२०७४ सालमा दर्ता भएको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयलगायतलाई विपक्षी बनाइएको थियो ।

टिप्पणीहरू