बैठकमा बोल्दै गर्दा एमाले अध्यक्षलाई ‘इरिटेसन’
एमाले सातौं केन्द्रीय समिति बैठक हिजोदेखि शुरु भएको छ ।
पछिल्लो समय उपल्लोदेखि तल्लो पंक्तिका केही नेता तथा कार्यकर्तामा मतिभ्रष्ट अवस्था देखिएपछि एजेण्डा पनि सोहीअनुरुपको राखिएको बताइन्छ । महिला र पैसाको सम्बन्धमा पुरुष नेता तथा कार्यकर्ताहरु अशुद्ध भएकाले शुद्ध गराउन एजेण्डा राखिएको एक जना पदाधिकारीले जनआस्थालाई बताए ।
आज बिहान शुरु भएको दोस्रो दिनको बैठकमा प्रस्तुत एजेण्डामाथि समूहगत छलफल गर्ने कार्यक्रम छ । त्यसका लागि हिजो आठ वटा समूह बनाइएको छ ।
अध्यक्ष ओली आफैँले हिजो सम्बोधनको क्रममा नेता तथा कार्यकर्ताको व्यहोराबाट आजित भएको संकेत गर्नुभयो । विगतमा उहाँले सम्बोधन गरिरहँदा सियो भुईंमा खसेको आवाज पनि सुनिने भनेर चर्चा गरिन्थ्यो । तर,हिजो कोही सदस्य फोन उठाएर साउतीको भाषामा बोल्ने,कतिपयले मोबाइलमा इन्टरनेट चलाउने,म्यासेज गर्ने गरेको देखेपछि उहाँले आक्रोश पोख्नुभएको थियो ।
‘मैले बोलेको किन नसुन्ने ? मोबाइल किन अफ नगरेको ? अबदेखि मैले बोलेको पुग्यो कि क्या हो ?’ अध्यक्षको आक्रोशपूर्ण सोधनीका कारण हलमा केहीबेर मूर्दाशान्ति छाएको थियो ।
अध्यक्षको भनाई उल्लेख गर्दै स्रोतले भन्यो, ‘मैले बोलेको किन नसुन्ने ? मोबाइल किन अफ नगरेको ? अबदेखि मैले बोलेको पुग्यो कि क्या हो ?’ अध्यक्षको आक्रोशपूर्ण सोधनीका कारण हलमा केहीबेर मूर्दाशान्ति छाएको थियो । तर,
अध्यक्ष ओलीले गर्नुभएको सम्बोधनको सारसंक्षेप यस्तो छ :
आदरणीय कमरेडहरु,यो बैठक दुई दिन चल्ने छ । हाम्रो यसअघिको छैठौंँ बैठकले विशेष निर्णय गरेको थियो । हामीले झुलाघाट– चिवाभन्ज्याङ यात्रा गर्यौं । त्यसक्रममा जनताले हामीलाई विश्वास गरेको प्रमाणित भएको छ । जनताका विभिन्न तह र तप्काले उठाएका माग बोकेकाले त्यो यात्रालाई अत्यन्त सार्थक र सफल मान्नुपर्छ ।
यसबीच राष्ट्रिय सभाको निर्वाचन भयो र तर गलत प्रचार भयो । हामी पदका लागि लागिपरेको भनेर बदनाम गरियो । आधारभूत रुपमा सबै मिलेर जाऔँ भनेर प्रस्ताव गरियो । जुन अस्वीकार गर्नुपर्ने कारण थिएन । मिलेरै जाऔँ,यो शान्ति प्रक्रिया टुंग्याऔं,संक्रमणकालीन मुद्दाहरु टुँग्याऔं भन्ने थियो । तर हामीलाई ललीपप देखाउने काम भयो । अन्तिममा हामीलाई नसकिने भनेर जवाफ दिनुभयो । हामी त्यसबारे स्पष्ट थियौँ । तर पनि एकजना निर्वाचित हुनु भएको छ ।
अब वामपन्थी एकता पनि हुँदैन । त्यो चरण हामीले पूरा गरिसकेका छौं । प्रचण्डले त्यहाँभित्र खेलिरहने गरे । साथीभाइलाई भड्काइरहे । हामीले बनाइदिएको प्रधानमन्त्री भोलिपल्ट किन काँग्रेसकोमा पुगे ?
शान्ति प्रक्रियाका बाँकी काम तुरुन्त टुंग्याउन चाहन्छौं,हामी पीडितमैत्री ढंगले यो समस्या समाधान गर्न चाहन्छौं । विद्रोहीको तर्फबाट जनतालाई दुःख दिने र राज्यकोतर्फबाट पीडा दिने दुबै पिडकहरु सरकारमा छन् । जनताको बीचमा जान पाउने बाटो छँदाछँदै हिंसा रोजियो । हिंसा बाध्यतामा हुन्छ,छनौटना हुन्न । अब भने न्याय दिनुपर्छ तर त्यो पीडित केन्द्रित हुनपर्छ । आम माफी हुन हुन्न , सजाय घटाउन हुन्न । पीडितहरुको खाटा बसेको घाउमा नुन नछर्किने भन्नेमा हामी अडिग छौँ । किन मान्नुहुन्न ? के शौख हो ? मैले देउवा र प्रचण्डको कुरा बुझेको छैन । पीडितले न्याय पाउन पर्यो,हामी पीडितलाई अन्याय नहोस् भन्ने चाहन्छौं ।
गठबन्धन अझै कायम छ । प्रधानमन्त्रीले हामीसँगको सम्बन्ध तोड्नुभयो । अहिलेको गठबन्धन कस्तो छ तपाइँ हामीलाई थाहै छ । राष्ट्रियताप्रति कमजोर, आयोजनाहरुको गति छैन । यो गठबन्धन एमालेविरुद्ध हो ।
अहिलेको माग नक्कली राजतन्त्रको लागि भइरहेको छ । सक्कली राजतन्त्र २०५८ जेठ १९ मा सकियो । त्यसपछिको राजालाई ०६२/६३ को आन्दोलनको रापतापले सकाएको हो । पछिल्लो समय राजनीतिक पृष्ठभूमि नभएकाहरु राजनीतिमा आएका छन् । एमालेले यसलाई परास्त गर्नुपर्छ ।
गिरिबन्धु टि इस्टेटबारे अदालत निष्पक्ष भएर बोल्नुपर्छ । लोकतन्त्रमा राज्यको तीन वटा अंग हुन्छ । राज्यले दुःख दिए पनि न्यायालयले न्याय दिन्छ । गिरिबन्धुबारे अदालतले निर्णय गरेको छ । त्यो प्रचार गर्न अनेकौं च्यानल खोलिएको छ । बिना कानुन ५१ बिघा,१८ बिघा त्यसै दिएको छ काँग्रेसले ? कानुन बनाएर सट्टापट्टा गर्नुभन्दा कानुन बनाएर दिनु भनेको छ ।
जिल्ला अधिवेशनहरुमा जे भएको छ,यो कायम राखेर कसरी पार्टी बलियो बन्छ ? भीडले छानेको नेतृत्व निर्भिक हुन सक्दैन ।
अब वामपन्थी एकता पनि हुँदैन । त्यो चरण हामीले पूरा गरिसकेका छौं । प्रचण्डले त्यहाँभित्र खेलिरहने गरे । साथीभाइलाई भड्काइरहे । हामीले बनाइदिएको प्रधानमन्त्री भोलिपल्ट किन काँग्रेसकोमा पुगे ? हामीले एकता नयाँ ढंगबाट गरौं भनेको होइन र ? त्यसकारण हाम्रो अध्यक्ष एकता विरोधी हो भन्नेतर्फ नलागौं ।
जिल्ला अधिवेशनहरुमा जे भएको छ,यो कायम राखेर कसरी पार्टी बलियो बन्छ ? भीडले छानेको नेतृत्व निर्भिक हुन सक्दैन । सक्षमलाई छान्नुपर्छ । स्थानीय स्वार्थ, गुटबन्दी गरेर मिसन ८४ सफल हुन सक्दैन ।
मिसन ८४ चुनाव जित्ने कुरा मात्र होइन,देश बनाउने कुरा हो । १०औं महाधिवेशनमा प्रजातान्त्रिक अभ्यासको नाममा धावा बोलियो । झापाको मान्छेलाई कन्चनपुरले चिन्दैन । मूल्याकङ्नको आधार यसरी हुन्न । अनुशासित पार्टी चाहियो । डेमोक्रेसी पनि चाहियो । सांगठनिक काममा लाग्नुपर्यो । सांसदहरुलाई केही न केही गर्नु भनेको छु,सांसद भएर फर्केको दिन केही न केही गरेर खानुपर्छ ।
पार्टी केन्द्रीय समिति बैठकलाई सम्भवत: वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पहिलो पटक सम्बोधन गर्नुभएको छ । उहाँले शुद्धिकरणबारे बोल्दै भन्नुभयो, ‘खराब आचरण भएकालाई कस्तो कारबाही गर्ने किटेर भन्नु होला । शुद्धीकरण र सुदृढीकरण गर्न कस्ता कस्ता सुझाव चाहिएला ? लेख्नुहोला ।’ उहाँले पार्टी सदस्यताको समस्या जस्ताको त्यस्तै रहेको पनि उल्लेख गर्नुभयो ।
उपमहासचिव प्रदीप ज्ञवालीले सुदृढीकरणको मौखिक प्रस्ताव राख्नुभएको छ । महासचिव शंकर पोखरेलले बैठक सञ्चालन गर्नुभएको छ ।
टिप्पणीहरू