फोनमा धम्काउँदै ५० लाख माग्ने समूह फेला पर्यो

फोनमा धम्काउँदै ५० लाख माग्ने समूह फेला पर्यो

फोन गरेर धम्काउँदै रकम माग्ने दुईजना समातिएका छन् । कैलालीको टीकापुर नगरपालिका–१ का विश्वजित बटला भनिने हृदयराज बोगटी र नुवाकोटको ककनी नगरपालिका–३ का रमेश उपनामका नरहरि ढुङ्गानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पछिल्लो समय सर्वसाधारणलाई पटक–पटक फोनमा धम्काउँदै र तर्साउँदै ५० लाख मागेको गोप्य सूचनाका पाएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान टोली परिचालन गरेको थियो । एक हप्ताको अनुसन्धानपछि उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । 

उनीहरुको साथबाट प्रहरीले एउटा मोटरसाइकल, चार थान मोबाइल र केही राजनीतिक दलका सहयोग रसिद बरामद गरेको छ । पक्राउ परेकाहरुमाथि आपराधिक लाभ मुद्दामा थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।

टिप्पणीहरू