३५ वर्षकी महिला बलात्कृत, ३३ वर्षे पुरुष प्रहरी नियन्त्रणमा

३५ वर्षकी महिला बलात्कृत, ३३ वर्षे पुरुष प्रहरी नियन्त्रणमा
सुन्नुहोस्

ईलाममा ३५ वर्षीया महिला बलात्कृत भएकी छन् । उनीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले सूर्योदय नगरपालिका–१ बस्ने ३३ वर्षीय पेम्बा शेर्पालाई नियन्त्रणमा लिएको छ । 

ती महिलालाई करणी गरेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय मानेभञ्जयाङबाट खटिएको प्रहरी टोलीले उनलाई हिजो दिउँसो नियन्त्रणमा लिएको हो । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू