तिघ्रामा बाँधेर लागूऔषध कारोबार

तिघ्रामा बाँधेर लागूऔषध कारोबार
सुन्नुहोस्

सिराहमा लागूऔषधका एक कारोबारी समातिएका छन् । लहान नगरपालिका– २१ का २३ वर्षीय सोनुकुमार साहलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो । 

भगवानपुर-४ ठाडीमा शंकास्पद अवस्थामा हिँडिरहेका उनलाई प्रहरीले चेकजाँच गर्दा तिघ्रामा विभिन्न किसिमका लागूऔषधहरु टेपले बाँधेको अवस्थामा फेला परेको थियो । नाइट्रोजन, फेनारगन र क्राफिन नौ-नौ थानसहित उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय लहानको हिरासतमा रहेका साहमाथि अनुसन्धान भैरहेको जनाइएको छ । लागूऔषध कारोवारमा अरुको पनि संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ ।
 

टिप्पणीहरू