राजमार्गमा गुडिरहेको कारभित्र एक क्विण्टल गाँजा

राजमार्गमा गुडिरहेको कारभित्र एक क्विण्टल गाँजा

प्रहरीले सर्लाहीमा ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । बागमती नगरपालिका–३, नयाँबस्ती चोकमा एक सय १६ केजी गाँजासहित नवलपरासी पूर्वका ३० वर्षीय सूर्य परियार पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले बा.प्र. ०१–०२६ च ५१५९ नम्बरको कार चेकजाँच गर्ने क्रममा १० वटा पोकामा गाँजा फेला फेला परेको हो । चालक परियारलाई नियन्त्रणमा लिएको छ । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू