लाठीले हानेर भाउजुको टाउको फुटाउने ईश्वरकुमार पक्राउ

लाठीले हानेर भाउजुको टाउको फुटाउने ईश्वरकुमार पक्राउ

सामान्य विवाद हुँदा लाठी प्रहार गरी टाउको फुटाउने एक जना पक्राउ परेका छन् । चितवनको भरतपुर महानगरपालिका–२२ बोटेटोलका ३९ वर्षीय ईश्वरकुमार महतो समातिएका हुन् । 

हिजो राति घरझगडाका क्रममा उनले आफ्नी भाउजु ४९ वर्षीया आशामती महतोको टाउकोमा लाठी प्रहार गरेका थिए । गम्भीर घाइते भएकी आशामतीको हाल चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । 

कुटपिट गर्ने ईश्वरकुमारमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।
 

टिप्पणीहरू