प्रसूति गृहबाट कसले चोर्यो नवजात शिशु ?

प्रसूति गृहबाट कसले चोर्यो नवजात शिशु ?

थापाथलीस्थित प्रसूति गृहबाट नवजात शिशु चोरी भएको छ । काभ्रेकी एक जना महिलाले जन्माएको २६ दिनको शिशु (छोरी) चोरी भए भन्दै प्रहरीमा उजुरी परेको हो । 

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता नवराज अधिकारीले आज दिउँसो १२ बजे बच्चा चोरी भएको भन्ने सूचना प्राप्त भएपछि व्यापक खोजतलास भइरहेको जानकारी दिए । 

प्रहरीका अनुसार महिला चेकजाँचको लागि अस्पताल पुगेकी थिइन् । त्यसक्रममा उनले एकछिन समातिदिन भन्दै अपरिचित महिलालाई शिशु दिएकी थिइन् ।   

सीसीटीभी फुटेजमा ति महिलाले शिशुलाई लिएर हिंडिरहेको देखिएको र अहिले अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू