प्रसूति गृहबाट चोरिएकी शिशु फेला, तीन जना पक्राउ

प्रसूति गृहबाट चोरिएकी शिशु फेला, तीन जना पक्राउ
सुन्नुहोस्

थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट चोरिएकी शिशु काँडाघारीमा फेला परेकी छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार शिशु बोकेर गएकी महिलासहित तीन जना पक्राउ परेका छन् । 

हिजो दिउँसो गृहबाट २६ दिनको शिशु चोरेर लगेको अभियोगमा २४ वर्षीया मनिषा सिंह, उनका श्रीमान् र दिदी पक्राउ परेका हुन् । सीसी टीभीमा कैद भएको दृश्यमा मास्क लगाएकी महिलाले शिशु लिएर हिँड्दै गरेको देखिएपछि प्रहरीले खोजतलास गर्ने क्रममा उनी फेला परेकी हुन् । मनिषाका श्रीमान नेपाली सेनामा कार्यरत रहेको बुझिएको छ ।

शिशुलाई प्रारम्भिक उपचारपछि परिवारको जिम्मा लगाइएको छ । शिशु जचाउँन अस्पताल पुगेकी २२ वर्षीया सविना श्रेष्ठसँग ती महिलाले केहीबेर खेलाउन बोकेको र लगत्तै शिशुलाई लिएर फरार भएको बताइन्छ ।

शिशु चोरेर काँडाघारी पुगेपछि मनिषाले छिमेकी र आफन्तलाई आफु सुत्केरी भएको जानकारी गराएकी थिइन् ।
 

टिप्पणीहरू