हत्या गरिएका युवकको शव फेला, टाउको गायब

हत्या गरिएका युवकको शव फेला, टाउको गायब
सुन्नुहोस्

मनिष गुप्ता

कपिलवस्तुको पिपरीमा युवकको हत्या भएको छ । हत्या आरोपमा पक्राउ परेका दुई जना स्थानीय पुष्पादेवी उपाध्याय (गुडिया) र श्यामकुमार उपाध्यायमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

गत सोमबार पक्राउ परेका उनीहरुलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले बताए । 

हत्यामा प्रयोग भएका बञ्चरो, कोदालोसहित घरेलु हतियारलगायतका सामान समेत बरामद गरिएको छ । घटना अनुसन्धानलाई तीव्र बनाइएको र फरार अभियुक्तहरुको खोजी कार्य जारी छ । 

मृतकको टाउको अझै फेला परेको छैन । पक्राउ परेकी विवाहित महिला र मृतकबीचको सम्बन्धका कारण हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

पिपरी माइती रहेकी महिलाको विवाह भलवारीमा भएको हो । महिलाका श्रीमान् विदेशमा छन् । मृतक कुर्मीका श्रीमती र एक सन्तान छन् । घटना योजनाबद्ध रूपमा गरिएको आशंका छ ।

 

टिप्पणीहरू