आठ कक्षाकी छात्राद्वारा होस्टलमा आत्महत्या

आठ कक्षाकी छात्राद्वारा होस्टलमा आत्महत्या

चितवनमा आठ कक्षामा अध्ययनरत छात्राले पासो लगाएर आत्महत्या गरेकी छन् ।

रत्ननगर नगरपालिका १५, माधवपुर घर भएकी सोही नगरपालिका १० मा रहेको एकता शिशु निकेतन बोर्डिङ स्कुलमा अध्ययनरत १४ वर्षकी छात्रा सालिन पोख्रेलेल आत्महत्या गरेको बताइएको छ । 

उनी आज बिहान होस्टलमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । बिहान साढे १० बजेको समयमा होस्टलको सिलिङ पंखामा प्लाष्टिकको डोरीको पासो लगाएर झुण्डेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो । 

छात्राको निधनबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू