बिरामी ओसार्ने एम्बुलेन्समा गाँजा

बिरामी ओसार्ने एम्बुलेन्समा गाँजा

सुनसरीमा एम्बुलेन्सभित्र गाँजा फेला परेको छ । सशस्त्र प्रहरी बलले बराहक्षेत्र नगरपालिका–१, चतराबाट गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको जनाएको छ । आज बिहान को.१ च २९३७ नम्बरको एम्बुलेन्समा गाँजा फेला पारिएको बताइन्छ । 

प्रहरीका अनुसार एम्बुलेन्सभित्र नौ वटा पोकामा २७३ किलोग्रामभन्दा बढी  गाँजा फेला पारिएको हो । 

आवश्यक कानुनी कारबाहीको निम्ति गाँजा र एम्बुलेन्सलाई इलाका प्रहरी कार्यालय चक्रघट्टीमा बुझाइएको छ ।

टिप्पणीहरू