झापास्थित बालुवाटारको सरकारी जग्गा झ्वाम पार्ने १७२ जनाविरुद्ध मुद्दा दर्ता

झापास्थित बालुवाटारको सरकारी जग्गा झ्वाम पार्ने १७२ जनाविरुद्ध मुद्दा दर्ता
सुन्नुहोस्

झापाको दमक नगरपालिकास्थित बालुवाटारको तीन सय ६४ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता कायम गराएकाहरु भ्रष्टाचारमा तानिएका छन् ।

किर्ते कागज बनाएर सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चन्द्रगढी, झापाका तत्कालीन प्रमुख नापी अधिकृत विष्णु कुमार न्यौपानेसहित १७२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । भ्रष्टाचारमा मुछ्नेहरुमा नापी र मालपोतका कर्मचारी, जग्गाधनीसँगै बिचौलियाहरु छन् । 

उनीहरुले दमक नगरपालिका वडा नम्बर १३ र १४ मा पर्ने रतुवा र दिपिनी खोलाको दोभानको उत्तरतर्फका सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरेको अख्तियारको दाबी छ । २०२१ सालको नापीमा सरकारी कायम भएको उक्त जग्गा पुनः नापीका बखत बदनियत राखी साविक जग्गा दर्ता प्रक्रियाबाट आफ्नो नाममा कायम गरेको आयोगले जनाएको छ । 

अख्तियारले प्रतिवादीहरुबाट दुई लाखदेखि नौ करोसम्म मागदाबी गरेको छ ।

टिप्पणीहरू