चरेस ओसार्नेमा पुरुषभन्दा महिला ज्यादा

चरेस ओसार्नेमा पुरुषभन्दा महिला ज्यादा

कपिलवस्तुको कृष्णनगरबाट प्रहरी निरीक्षक लक्ष्मण ओलीको टोलीले तीन जना महिला र दुई जना पुरुषलाई  २४ केजी ५६० चरेससहित हिजो साँझ समातेको छ ।

रुकुम पूर्वबाट कृष्णनगर हुँदै भारततर्फ जाँदै गरेको सूचनाका आधारमा शंका लागी प्रहरीले कृष्णनगर बजारक्षेत्रमा चेकजाँच गरेको थियो ।

यसक्रममा खनियाबास ५ धादिङका ५९ बर्षीय सेती तामाङको साथबाट ५ किलो ५५५ ग्राम,सोही स्थानका ६६ बर्षीय रेगदोन तामाङको साथबाट ५ किलो ३६५ ग्राम,५२ बर्षीय साङ जोङ तामाङनीको साथबाट ५ किलो ४८० ग्राम, सिध्दकुमाख ४ सल्यानका ४० बर्षीय थलबहादुर रोकाको साथबाट ४ किलो ६१५ ग्राम र भूमे २ रुकुम पूर्वकी ३७ बर्षीय भावना बुढाको साथबाट ३ किलो ५४५ ग्राम लागु औषध चरेस फेला परेको हो ।

निजहरूले कम्मरमा कपडाको पेटी बनाई लागु ओखती लुकाएका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा भावना बुढा मुख्य कारोबारी भएको खुलेको छ । यसअघि भरिया मात्र पक्राउ परेर मुख्य कारोबारी उम्कन्थे  ।

धादिङकी सेती तामाङ पेशेवर भरिया हुन् । उनले धादिङ र कृष्णनगरबाट लागु औषध चरेससहित पक्राउ परेर मुद्दा  खेपिसकेकी छन् ।  
उनी धरौटीमा छुटेदेखि नै प्रहरीले निगरानी गरिरहेको थियो ।

टिप्पणीहरू