गाँजाको भारी छोडेर सीमा नजिकै मोटरसाइकल चालक बेपत्ता

गाँजाको भारी छोडेर सीमा नजिकै मोटरसाइकल चालक बेपत्ता

सुनसरीमा ठूलो परिमाणमा प्रहरीले गाँजा बरामद गरेको छ । देवानगञ्ज गाउँपालिका–५ साहेवगञ्जस्थित पश्चिम टोल साईटबाट एक सय २२ किलो गाँजा बरामद गरिएको प्रहरीले जानकारी दिएको हो । 

आज बिहान भारततर्फ जाँदै गरेको बीआर ३९ इ २२८८ नम्बरको मोटरसाइकलका चालक प्रहरीलाई देख्नासाथ मोटरसाइकल छोडेर फरार भएका थिए । सो क्रममा मोटरसाइकलमा रहेको चारवटा बोरा खोलेर हेर्दा गाँजा फेला परेको प्रहरीको भनाई छ । 

प्रहरीले फरार मोटरसाइकल चालकको खोजी भइरहेको पनि जानकारी दिएको छ ।
 

टिप्पणीहरू