सुन तस्करीमा मुछिएका कलेज सञ्चालक पक्राउ

सुन तस्करीमा मुछिएका कलेज सञ्चालक पक्राउ
सुन्नुहोस्

सुन तस्करी प्रकरणमा जोडिएका प्लाटिनम कलेजका सञ्चालक जीवनकुमार गुरुङ पक्राउ परेका छन् । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले उनलाई काठमाडौंको सामाखुशीबाट पक्राउ गरेको हो । गत मंसिर २२ गते दुबईबाट आएका चन्द्र घलेको साथबाट १४ किलो सुन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बरामद भएको थियो । सोही प्रकरणको छानबिन र अनुसन्धान गर्दै जादा गुरुङ योजनाकार रहेको तथ्य खुलेपछि पक्राउ पूर्जी जारी भएको थियो ।

त्यसपछि फरार रहेका उनी आज पक्राउ परेका हुन् । उक्त सुन तस्करीको प्रकरणमा अझै अनुसन्धान बाँकी रहेको सिआइबी जनाएको छ ।

टिप्पणीहरू