बहुविवाह मुद्दाका फरार प्रतिवादी अदालतमा

बहुविवाह मुद्दाका फरार प्रतिवादी अदालतमा

बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ बस्ने अर्घाखाँचीका धनबहादुर पाण्डे र रोहिणी गाउँपालिका–२, लक्ष्मीनगरका मन्देश हरिजन समातिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई आज नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार बहुविवाह मुद्दामा जिल्ला अदालत अर्घाखाँचीले एक वर्ष कैद सजाय र पाँच हजार रुपैयाँ जरिवानाको फैसला सुनाएपछि पाण्डे फरार भएका थिए । 

त्यस्तै, गत वर्षको पुस ३ गते जिल्ला अदालत तनहुँले सोही मुद्दामा दुई वर्ष कैद सजाय र एक लाख रुपैयाँ जरिवानाको फैसला सुनाएपछि हरिजन पनि सम्पर्कविहीन भएका थिए । उनीहरुलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित अदालत पठाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू