हेल्थ असिष्टेन्ट बन्न खोजेका हेड सरहरु भ्रष्टाचारमा डामिए

हेल्थ असिष्टेन्ट बन्न खोजेका हेड सरहरु भ्रष्टाचारमा डामिए

सुनसरीको लौकहीस्थित राष्ट्रिय माध्यमिक विद्यालयका तत्कालीन तीन प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रधानाध्यापकहरु धनीलाल यादव, भोली यादव र विरेन्द्रप्रसाद यादवसहित शिक्षक बालेश्वर यादवविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ । उनीहरुले विद्यालयमा अनुपस्थित भएको अवधिको समेत फर्जी हाजिरी जनाई तलबभत्ता र सुविधा उपभोग गरेको देखिन आएको आयोगले जनाएको छ ।

अख्तियारका अनुसार प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीभीइटी) मार्फत् प्रदान गरिने चिकित्सा शिक्षा अध्ययन छात्रवृत्तिअन्तर्गत हेल्थ असिष्टेन्ट विषयको खुल्ला कोटाअन्तर्गत मोरङको विराटनगरस्थित न्युरो मेडिकल कलेजमा शैक्षिक वर्ष २०७५÷०७६ देखि तीन वर्षे अध्ययन अवधिमा विद्यालयमा अनुपस्थित भएपनि सो अवधिको तलबभत्ता र सुविधा लिएको पाइएको छ ।  

तोकिएको सरकारी कामकाज नगरी विद्यालयलाई हानिनोक्सानी पुर्याएको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
 

टिप्पणीहरू