कबाडी बोकेको ट्रकमा छ क्विन्टल गाँजा

कबाडी बोकेको ट्रकमा छ क्विन्टल गाँजा

धादिङमा ठूलो परिमाणमा गाँजा बरामद भएको छ । प्रहरीले आज बिहान गजुरी गाउँपालिका–२ स्थित सडकबाट छ सय २० किलो गाँजा बरामद गरेको हो ।

गाँजासहित सर्लाहीका २९ वर्षीय सन्तोष कुमार साह पनि पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले ०३–००१ ख ८३०९ नम्बरको मिनी ट्रक चेकजाँच गर्ने क्रममा कबाडीको सामानभित्र लुकाएर राखेको अवस्थामा उक्त गाँजा फेला परेको बताइएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू