बैंककबाट काठमाडौं आएका व्यक्तिको खल्तीभरी सुन

बैंककबाट काठमाडौं आएका व्यक्तिको खल्तीभरी सुन

बैंककबाट काठमाडौं आएका एक व्यक्ति अवैध सुनसहित समातिएका छन् । पाइन्टको खल्तीमा लुकाएर बाहिर लैजान लागेको भन्सार छलीको सुनसहित मध्यपुर थिमी बस्ने काभ्रेका ५२ वर्षीय नारायण कृष्ण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । 

नेपाल एयरलाइन्सको उडानद्धारा गएराति त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनलाई आगमन गेटमा चेकजाँच गर्दा पाइन्टको गोजीमा सुनको औँठी र सिक्री फेला परेको थियो । 

करिब ४६.२० ग्राम तौलको दुई थान औठी र ४५.३६ मिलिग्रामको एक थान सिक्री श्रेष्ठले भन्सारबाट लुकाएर बाहिर निकाल्न लागेको थाहा पाएपछि विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको जानकारी गराएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।
 

टिप्पणीहरू