कालोमोसो अभियानका दुई क्रान्तिकारी नेता पक्राउ

कालोमोसो अभियानका दुई क्रान्तिकारी नेता पक्राउ

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीमाथि अभद्र व्यवहार तथा कालोमोसो दल्ने प्रयास गरेको आरोपमा मोहन वैद्य नेतृत्वको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका दुई नेता पक्राउ परेका छन् । 

गत फागुन ६ गते उनको कार्यकक्षमा पसेर कालोमोसो दल्ने प्रयास गरेको आरोपमा क्रान्तिकारीका केन्द्रीय सदस्य भक्तपुरको सूर्यविनायक बस्ने नवराज भट्ट र काठमाडौंको कलंकी बस्ने डीबी भन्ने डम्बरबहादुर शाहीलाई प्रहरीले समातेको हो । 

जिल्ला प्रहरी कार्यालय भक्तपुरका डिएसपी वसन्त पाठकले उनीहरुलाई आज बिहान ८ बजे गठ्ठाघरबाट नियन्त्रणमा लिएको जानकारी दिए । यससम्बन्धमा प्रहरी वृत्त थिमीबाट अनुसन्धान भइरहेको उनले जनाएका छन् ।  

वैद्य नेतृत्वको  क्रान्तिकारी कम्युनिस्ट पार्टीले भ्रष्टहरुलाई कारवाही भन्दै देशभर कालोमोसो अभियान चलाएको छ । सोहीअन्तर्गत सीटीइभीटीका उपाध्यक्ष अधिकारीलाई कालोमोसो दलेको क्रान्तिकारीको दाबी छ ।
 

टिप्पणीहरू