पुलिसले समातेर लगेपछि चौकीबाट पुण्य गौतमको हारगुहार

पुलिसले समातेर लगेपछि चौकीबाट पुण्य गौतमको हारगुहार

चितवनको रत्ननगरस्थित विद्यालयको छात्रावासमा मृत फेला परेकी शालिन पोखरेलको पोष्टमार्टम रिपोर्ट सच्याउन माग गर्दै आन्दोलनमा उत्रिएका स्व:घोषित अभियन्ता पुण्य गौतम पक्राउ परेका छन् । 

आज दिउँसो महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको पोष्टमार्टम भवनअगाडि प्रदर्शन गर्न पुगेका उनीसहितलाई प्रहरीले समातेको हो । हिरासतबाटै फेसबुकमा स्टाटस लेखेर पुण्यले आफूलगायतलाई छुटाइदिन आग्रह गरेका छन् । 

शालिनको न्यायको लागि आवाज बुलन्द गर्दा प्रहरीले समातेर महाराजगन्ज चौकीमा पुर्याएको उल्लेख गर्दै केही मीनेटअघि उनले लेखेको स्टाटसमा आफ्नो रिहाइका लागि आवाज उठाइदिन अनुरोध गरिएको छ । 

यस घटनामा कथित अभियन्ता, युटुबरलगायतले अतिरन्जित गरेर अनुसन्धान प्रभावित पार्न खोजेको जनाउँदै प्रहरीले भने संयमित रहन आग्रह गरेको छ ।

टिप्पणीहरू