सहिद दिवसमा अप्रत्यासित सत्ता सरगर्मी

सहिद दिवसमा अप्रत्यासित सत्ता सरगर्मी
सुन्नुहोस्

आज फागुन २१ गते । ०२८ सालको झापा आन्दोलनमा सम्बध्द कम्युनिस्टहरुले मनाउने सहिद दिवस । नेपालको राजनीतिमा नयाँ ढंगको परिस्थिति बिकसित भैरहेको छ ।

सत्तारुढ र इतर विभिन्न दलहरुवीच रातविरात,औपचारिक र अनौपचारिक बैठकहरु जारी छन् । आजै बिबादास्पद ३ मन्त्रीको राजीनामाका नाममा प्रमुख प्रतिपक्ष एमालेले अवरोध गर्दै आएको सँसद बैठक सुचारु गराउन जवाफको निम्ति सभामुखले सरकारलाई दिएको समय,सत्य निरुपण तथा मेलमिलाप बिधेयकको बिधिवत गाँठो फुकाउने चुनौतीपूर्ण घडी पनि हो । अर्को अर्थमा यसलाई सत्ता गठबन्धन फेर्ने अवसरको रूपमा पनि परिणत गर्न लागिँदैछ । 

बर्षमान पुन,बिष्णु पौडेल र रवि लामिछानेवीचका अनौपचारिक छलफलहरुलाई औपचारिकता दिदै हिजो राती र आज बिहानैदेखि अनेक बैठक सुचारु र स्थगित हुन थालेका छन् । 

गठबन्धनको भविष्य र दलहरुका दौडधुप अस्वाभाविक गतिमा बढ्दैछन् । राजनीतिको रोटी ११ बजेसम्ममा कसरी सेकिने हो,प्रष्ट छैन ।

टिप्पणीहरू