सत्ताको ढोक्सा जब अन्तैतिर सोझियो

सत्ताको ढोक्सा जब अन्तैतिर सोझियो

कोशीको "धोका",महासमिति बैठकका गुटगत मह्त्वाकाँक्षा,०६१ माघ १९ को जस्तै परिस्थितिको वस्तुगत मूल्यांकन गर्ने क्षमतामा ह्रास,आफ्नालाई च्याप्न अरुको भावना र सहजतामाथि खेलबाड,अत्यधिक पारिवारिक दवाव-एक बर्षवीच २ चोटि ठुल्ठूला घात प्रतिघातका चरणबाट गुज्रँदै आएको सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेसका निम्ति आजको दिन सम्भवत:सबैभन्दा लामो र व्यग्रताको दिन सावित हुने लक्षण देखा पर्दैछ । 

प्रमुख प्रतिपक्षी दल एमाले हिजो रातभरको अन्तिम कसरतपछि औपचारिक रुपमा आगामी बाटो तय गर्न बिहान सबेरैदेखि सचिवालय बैठकमा जुटेको छ,हिजो बालुवाटार बैठकमा सामेल जसपा अध्यक्ष उपेन्द्र यादवको पनि बैठक जारी छ,सत्ता गठबन्धनको बैठक रध्द गराइसकिएको छ भने प्रधानमन्त्रीले आफ्नो पार्टीको सचिवालय बैठकलाई बृफिङ्ग गरिरहेको स्थिति छ । 

एक जना एमाले सचिव भन्छन्-"धेरै कुरा मिलिसकेको छ । अब माओवादीसामु काङ्ग्रेसको ढोक्साबाट बाहिरिनुको बिकल्प छैन ।" उता माओवादीका एक जना उपमहासचिवले भने काङ्ग्रेसले धेरै हठ र ढिलाइ गर्दा परिस्थिति अर्कै दिशातिर अघि बढिसकेको बताए ।

टिप्पणीहरू