प्रचण्डकै नेतृत्वमा नयाँ सरकार: चार जनाको पालो

प्रचण्डकै नेतृत्वमा नयाँ सरकार: चार जनाको पालो
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा आज नयाँ समीकरणसहित मन्त्रिमण्डल गठन हुने भएको छ । एमाले,माओवादी, रास्वपा र जसपाका एक एक जना मन्त्रीको आजै साँझसम्ममा शपथ ग्रहण हुने बताइएको छ ।

एमालेबाट पदम गिरी, माओवादीबाट वर्षमान पुन र रास्वपाबाट सभापति रवि लामिछाने मन्त्रिमण्डलमा सहभागी हुने स्रोतले बताएको छ । लामिछानेले उपप्रधानमन्त्रीसहित पुरानै गृह मन्त्रालय मागिरहेकै छन् । अन्यलाई दिइने मन्त्रालयबारे निर्णय हुन बाँकी छ । पुरानो गठबन्धन भत्काएर नयाँ बनाउन विशेष पहल गरेकामा रविलाई पुरस्कृत गर्न लागिएको हो ।

नयाँ समीकरणमा तीन मुख्य दलको १३१ सिट हुन्छ । प्रतिनिधिसभामा एमालेको ७८,माओवादी ३२ र रास्वपाको २१ सांसद छन् ।
 

नयाँ समीकरणबारे सम्पूर्ण कार्य आजै सम्पन्न गर्ने ढंगले कार्य अघि बढाइएको छ । नयाँ समीकरणमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई पनि सँगै लैजान सकिनेवारे एकथरीले छलफलमा धारणा राखेको बताइन्छ ।

 

माओवादी उच्च स्रोत भन्छ, ‘नयाँ समीकरणको विरुद्ध उहाँले कुनै कदम नचालेमा सँगै लैजान कुनै आपत्ति छैन । अहिलेको मेसोमा एमालेसँगका पुराना तीता कुरा बिर्सन सकिने अवसरको रुपमा यसलाई प्रयोग गर्न सकिन्छ ।’

नयाँ समीकरणमा तीन मुख्य दलको १३१ सिट हुन्छ । प्रतिनिधिसभामा एमालेको ७८,माओवादी ३२ र रास्वपाको २१ सांसद छन् । राप्रपा, जसपालगायतको सहभागिता र समर्थनपछि स्पष्ट बहुमत हुन आउँछ । जसपाको ११ सीट छँदैछ ।

को-को जाने भए त नयाँ सरकारमा ? 

गत वर्ष पुस १० गते बनेको वाम गठबन्धन ब्युँताउने सहमतिसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वको एमाले,रास्वपा र जसपा सरकारमा सहभागी हुने भएका छन् । 

गठबन्धनमा फेरबदलसँगै आजै सानो आकारको क्याबिनेट गठन हुने भएको छ । पहिलो चरणमा एमाले, माओवादी,जसपा र रास्वपाबाट एक-एक जना सरकारमा सहभागी हुनेछन् । 

स्रोतका अनुसार जसपाका अध्यक्ष उपेन्द्र यादव आफैँ मन्त्री बन्दैछन् । विकसित नयाँ राजनीतिक घटनाक्रमबारे निर्णय लिन आज बिहान बसेको सो पार्टीको बैठकले उपेन्द्रको नेतृत्वमा सरकारमा सामेल हुने निर्णय गरेको बताइएको छ । 

त्यस्तै,रास्वपाबाट सभापति रवि लामिछाने नै सरकारमा जाने सम्भावना छ । पुरानो गठबन्धन जगाउन केही दिनदेखि भित्रभित्रै सक्रिय रहँदै आएका उनी आफैँ महत्वपूर्ण मन्त्रालय लिएर सरकारमा जाने तयारीमा रहेको बुझिएको छ । आज बिहान बसेको रास्वपा बैठकले यससम्बन्धी निर्णय गर्ने जिम्मा उनैलाई दिएको छ । 

एमालेबाट पदम गिरी र माओवादीबाट वर्षमान पुन मन्त्री बन्ने निश्चित भएको बताइएको छ ।

टिप्पणीहरू