‘दाजु–भाउजूका कारण गठबन्धनमा दरार’
यो वर्षको लामो हिउँदे सुख्खापछि राजधानी र वरपर हिजो एक्कासी वर्षा भएझैँ काँग्रेस, माओवादीसहितको एक वर्षे सत्ता गठबन्धन एकाध घण्टाको खेलमा सकिएको छ । भुईँचालोझैँ हिजो दिउँसोबाट अकस्मात शुरु भएको सत्ता समीकरणको नयाँ खेलले आज मूर्तरुप लिँदै छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा यसअघि विपक्षी दलको भूमिकामा रहेकाहरुको सहभागितामा नयाँ सरकार गठन हुन लागेको हो । एमाले,माओवादी, रास्वपा सम्मिलित चार सदस्यीय क्याबिनेटलाई शपथ खुवाउने तयारी छ ।
"महतले आफू मुलुक र प्रधानमन्त्रीको भन्दा पनि दाजु र भाउजूको अर्थमन्त्री बनेकोमा गर्व गरेको देखियो । अमेरिकीसँग नजिक भएकाले दाताबाट कुस्त अनुदान आउने भ्रम पनि मेटियो । आन्तरिक बजारले पनि कुनै प्रतिफल दिएन । अर्थतन्त्र डाँवाडोल भयो । जनताप्रति अनुत्तरदायी र सभापतिको परिवारको घरखर्च टार्ने भण्डारेको भूमिका निभाएपछि प्रधानमन्त्री कठोर निर्णयमा पुग्नुभएको हो ।’
तर, प्रधानमन्त्री दाहाल यसरी ‘यु टर्न’ कसरी हुनुभयो ? भन्ने जनआस्थाको जिज्ञासामा माओवादी केन्द्रका एक जना पदाधिकारी भन्छन्, ‘पछिल्लो पटक प्रधानमन्त्री भएपछि उहाँले आफू पुनः प्रधानमन्त्री बन्ने सम्भावना र चाहना नभएको बताउनुभएको थियो । त्यसैले परिणाममुखी काम गर्छु भनेर पहल गरे पनि काँग्रेसबाट पटक पटक भाँजो हालिएकाले त्यसबाट उम्कनुभएको हो ।’
हुन पनि पछिल्लो केही समयदेखि वाह्य अवस्था सहज हुँदै गएको थियो । यसबीच पहिलेको झैं कतैबाट नाकाबन्दी थिएन । कोभिड पनि छैन । युक्रेन युद्धको असर मत्थर हुँदै गएको अवस्थामा मुलुकको अर्थतन्त्र झन् खराब हुँदै गएपछि प्रधानमन्त्री चिन्तित हुनभएको तर काँग्रेसमा सो को कुनै असर नदेखिएको ती नेताको बुझाई छ ।
उनले भने,‘उखु र दूध किसानको बक्यौता रकम दिइएको छैन । यसबीच कुनै ठूलो आयोजना वा परियोजनामा बिदेशी सहयोग ओइरिएको पनि अवस्था छैन । अनि उनै अर्थमन्त्री डा. प्रकाशशरण महत देउवालाई नभई नहुने ? भुटानी काण्डमा भाउजू समातिने डरले गृहमन्त्री हटाइहाल्नुपर्ने,मुलुककोअर्थमन्त्री चाहिँ अरु एक बर्ष टिकिरहनु पर्ने ? ,’
‘यस्तो किन भयो होला ?’ जनआस्थाको पछिल्लो जिज्ञासाको जवाफ दिँदै ती नेताले भने,"महतले आफू मुलुक र प्रधानमन्त्रीको भन्दा पनि दाजु र भाउजूको अर्थमन्त्री बनेकोमा गर्व गरेको देखियो । अमेरिकीसँग नजिक भएकाले दाताबाट कुस्त अनुदान आउने भ्रम पनि मेटियो । आन्तरिक बजारले पनि कुनै प्रतिफल दिएन । अर्थतन्त्र डाँवाडोल भयो । जनताप्रति अनुत्तरदायी र सभापतिको परिवारको घरखर्च टार्ने भण्डारेको भूमिका निभाएपछि प्रधानमन्त्री कठोर निर्णयमा पुग्नुभएको हो ।’
टिप्पणीहरू