एमाले-माओवादी मिलनको यसरी बन्यो आधार
सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले एकीकृत समाजवादीलाई पनि नयाँ गठबन्धनमा सामेल गराउने निर्णय गरेको छ ।
गत वर्ष केही महिनाका लागि बनेको वाम गठबन्धन पुन: जागेसँगै समाजवादीको स्थितिलाई लिएर प्रश्न उठिरहेका बेला आज बिहान बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । त्यसअघि वामपन्थी एकतालाई मजबुत तुल्याउन एसलाई पनि गठबन्धनमा समेट्नुपर्ने नेताहरुले धारणा राख्दा प्रधानमन्त्रीले त्यसतर्फ पहल भैरहेको जवाफ दिनुभएको थियो ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले एसका अध्यक्ष माधव नेपाल,सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसँग कुराकानी भैरहेको जानकारी गराउनुभएको बताइएको छ ।
बालुवाटार स्रोतका अनुसार हिजो राति माओवादी,एमाले, रास्वपा र जसपाका शीर्ष नेताहरुको बैठक सकिएलगत्तै प्रचण्डले माधव नेपाललाई फोन गरेर विकसित राजनीतिक घटनाक्रमबारे अवगत गराउनुभएको थियो । जवाफमा माधवले 'साथ दिन्छु' भनेकाले सोहीअनुसार एसलाई पनि सँगै लैजाने पार्टीले औपचारिक निर्णय गरेको स्रोतको भनाई छ ।
विगतमा एमाले-माओवादी सहकार्य 'मीठो' नभएको भन्दै प्रधानमन्त्री प्रचण्डले केही सन्देह राखेपछि एमाले महासचिव शंकर पोखरेल र उपाध्यक्ष बिष्णु पौडेलले 'कन्भिन्स' गराउन भूमिका खेलेका थिए । अध्यक्ष ओलीले धेरै कुरा 'रियलाइज' गरिसकेको र तलबाट 'हामी छौं 'भन्ने उनीहरुले भरोशा दिलाएपछि रातारात नयाँ गठबन्धनको सहमति जुटेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
यता,वाम गठबन्धनको पक्षमा वकालत गर्दै आएका झलनाथले हिजो बिहानै प्रधानमन्त्रीलाई भेटेर 'अघि बढ्न' सुझाव दिनुभएको बुझिएको छ । इलामको उपचुनावमा एमालेले समेत उहाँलाई सहयोग गर्ने संकेत दिएको बताइन्छ ।
वाम एकताको पक्षमा लागिरहेका नेताहरुवीच पटक-पटकको छलफलपछि हिजो मध्यराति नयाँ समीकरण बनाउने सहमति जुटेको हो । तर,विगतमा एमाले-माओवादी सहकार्य 'मीठो' नभएको भन्दै प्रधानमन्त्री प्रचण्डले केही सन्देह राखेपछि एमाले महासचिव शंकर पोखरेल र उपाध्यक्ष बिष्णु पौडेलले 'कन्भिन्स' गराउन भूमिका खेलेका थिए । अध्यक्ष ओलीले धेरै कुरा 'रियलाइज' गरिसकेको र तलबाट 'हामी छौं 'भन्ने उनीहरुले भरोशा दिलाएपछि रातारात नयाँ गठबन्धनको सहमति जुटेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
टिप्पणीहरू