बुढानिलकण्ठबाट झण्डा छोपेर फर्किए कानुन र अर्थमन्त्री

बुढानिलकण्ठबाट झण्डा छोपेर फर्किए कानुन र अर्थमन्त्री
सुन्नुहोस्

कांग्रेसको पार्टी पदाधिकारी बैठकमा सहभागी हुन  बुढानिलकण्ठ पुगेका धनराज गुरूङ र प्रकाशशरण महत गाडीको झण्डा छोपेर फर्किएका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई 'आउट' गर्दै एमालेसहितको नयाँ गठबन्धन बनाएपछि आज बिहान सभापति शेरबहादुर देउवाको निवासमा पदाधिकारी बैठक डाकिएको थियो । सोही बैठकमा सहभागी हुन पुगेका नेता गुरुङ र महत झण्डा छोपेर फर्किएका हुन् । 

‘प्रधानमन्त्रीजीले नयाँ गठबन्धन बनाइसकेपछि सक्कि गोनि । के राजीनामा दिइरहनु ?'

गुरुङ कानुनमन्त्री र महत अर्थमन्त्री तथा सरकारको प्रवक्ता हुन् । तर प्रधानमन्त्री प्रचण्डले नयाँ मन्त्रिमण्डल बनाउन लागेपछि उनीहरु गाडीको झण्डा छोपेर बुढानिलकण्ठबाट फर्किएको प्रत्यक्षदर्शीले बताएका छन् । 

अहिले सरकारमा कांग्रेसबाट ९ जना मन्त्री सहभागी छन्। अब उनीहरुको ठाउँमा नयाँ मन्त्री नियुक्त हुनेछन् । आजै नयाँ मन्त्रीहरुले सपथसमेत लिनेछन् । 

यस्तो अवस्थामा 'कांग्रेसका मन्त्रीहरुले राजीनामा दिनुपर्छ वा पर्दैन ?' भन्ने पत्रकारकोे प्रश्नमा महतले भनेका छन्, ‘प्रधानमन्त्रीजीले नयाँ गठबन्धन बनाइसकेपछि सक्कि गोनि । के राजीनामा दिइरहनु ?'

 

टिप्पणीहरू