पूर्वमा हत्या, पश्चिममा शव फेला

पूर्वमा हत्या, पश्चिममा शव फेला

मोरङमा १५ वर्षीया किशोरीको हत्या भएको छ । पथरी शनिश्वरे नगरपालिका–७, लामा टोल बस्ने १५ वर्षकी ज्ञानमती फुलुङ राईको हत्या भएको बताइएको छ । 

गएराति आफ्नै घर पछाडिको शौचालय जाने क्रममा धारिलो हतियार प्रहारबाट उनको हत्या गरिएको प्रहरीले जनाएको छ । हत्याराको खोजी भइरहेको छ ।

यता, चितवन र नवलपरासी पश्चिममा भने प्रहरीले दुई जनाको शव फेला पारेको छ । चितवनको भरतपुर महानगरपालिका–१७, गोब्रेनी बस्ने ५३ वर्षीय ओमबहादुर सार्की हिजो आफ्नै घरमा मृत अवस्थामा भेटिएका हुन् । 

यस्तै, नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–२, गुदरीयास्थित सार्वजनिक चौतरीमा पहिचान नखुलेका अन्दाजी ४० वर्षका पुरुषको समेत शव फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

टिप्पणीहरू