महेश एमाले मुख्य सचेतक, सुनिता सचेतक

महेश एमाले मुख्य सचेतक, सुनिता सचेतक
सुन्नुहोस्

नेकपा एमाले संसदीय दलको मुख्य सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल चयन भएका छन् । पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले उक्त जिम्मेवारी दिनुभएको बताइएको छ ।

यसअघिका प्रमुख सचेतक पदम गिरी हिजो मन्त्री नियुक्त भएपछि बर्तौलालाई उक्त जिम्मेवारी दिइएको हो । यसअघि सचेतक रहेका बर्तौला र बराल दुवै अनेरास्ववियुको राजनीतिबाट आएका हुन् ।

बर्तौला मकवानपुर २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने बराल समानुपातिक सांसद हुन् ।

टिप्पणीहरू