मन्त्रीक्वार्टर पस्दा किन डराए मन्त्री ?
निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदान किरातीले मन्त्रीक्वार्टर छाडेका छन् । हिजो पदमुक्त भएका किराती आज पुल्चोकस्थित मन्त्री क्वार्टरबाट बाहिरिएका हुन् ।
सामाजिक सञ्जालमा भावुक स्टाटस लेख्दै मन्त्रीक्वार्टर छाडेको जानकारी दिएका छन् । मन्त्रीक्वार्टरमा प्रवेश गर्दा डर लागेको तर बाहिरिँदा खुशी लागेको उनको भनाई छ । लेखेका छन्, ’यहाँ पस्दा मलाई धेरै डर लागेको थियो तर निस्कँदा खुसी छु ।’ उनले भित्र पस्दा डराएकोबारे केही उल्लेख गरेका छैनन् ।
एक वर्षभन्दा बढी समय मन्त्री पदमा बसेर देश र जनताको सेवा गर्ने अवसर दिएकोमा उनले प्रधानमन्त्री प्रचण्ड र मतदातालाई धन्यवाद दिएका छन् ।
टिप्पणीहरू