न्यौपानेलाई अनेरास्ववियुको कार्यवाहक अध्यक्षको जिम्मेवारी

न्यौपानेलाई अनेरास्ववियुको कार्यवाहक अध्यक्षको जिम्मेवारी
सुन्नुहोस्

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुको कार्यवाहक अध्यक्षको जिम्मेवारी नरेश न्यौपानेलाई दिइएको छ । संगठनकी अध्यक्ष आरती लामा युएन ओमेनद्वारा आयोजित ‘कमिसन अन द स्टाटस अफ ओमेन’ मा सहभागी हुन अमेरिकाको न्युयोर्क प्रस्थान गरेपछि केन्द्रीय सदस्य न्यौपानेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको बताइएको छ ।

आफु नफर्किंदासम्मको लागि उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पेको अध्यक्ष लामाले बताएकी छन् । पत्रमा भनिएको छ, ‘विश्वव्यापीस्तरमा लैंगिक समानता र महिला सशक्तिकरणसँग सम्बन्धित मुद्दाहरुलाई सम्बोधन गर्न विश्वभरका प्रतिनिधिहरु संलग्न हुने ग्लोबल प्लेटफर्म युएन ओमेनद्वारा अमेरिकाको न्युयोर्कमा आयोजना हुने कमिसन अन द स्टाटस अफ ओमेनको ६८ औं संस्करणमा सहभागी हुने अवसर प्राप्त भएकोले मिति २०८० फागुन २२ गतेदेखि लागू हुने गरी म नफर्किदाको समयसम्म कार्यालय सञ्चालन, शैक्षिक एवम् सांगठनिक गतिविधिका साथै संगठनको सम्पूर्ण कार्य सञ्चालनको नेतृत्व गर्न तपाईलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको व्यहोरा अनुरोध छ ।’

टिप्पणीहरू