रविलाई प्रधानमन्त्री अफर नगरिएको काङ्ग्रेसको प्रस्टोक्ति

रविलाई प्रधानमन्त्री अफर नगरिएको काङ्ग्रेसको प्रस्टोक्ति
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन फेरेपछि सरकारबाट बाहिरिएको नेपाली काँग्रेसले प्रतिपक्षमा बस्ने निर्णय गरेको छ । 

आज दिउँसो सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षको भूमिकामा रहने निर्णय गरेको हो । कांग्रेसले सरकार फेरबदलको कुनै पनि खेलमा नलाग्नेसमेत प्रष्ट पारेको छ । 

नयाँ गठबन्धनमा गृहमन्त्रीका लागि दौडधुप गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काँग्रेसले प्रधानमन्त्री प्रस्ताव गरेको चर्चा चलिरहँदा उपसभापति पूर्णबहादुर खड्काको यस्तो प्रतिक्रिया आएको हो । काँग्रेस सत्ताको खेलमा नलाग्ने जनाउँदै उनले कसैलाई प्रधानमन्त्री प्रस्ताव नगरेको र गर्ने अवस्था पनि नरहेको स्पस्ट पारे । 

बालकोट र बालुवाटारमा 'बार्गेनिङ पावर' बढाउन त्यस्तो प्रचार गरिएको हुनसक्ने जनाउँदै उपसभापति खड्काले त्यस्तो भ्रममा नपर्न आग्रहसमेत गरेका छन् ।

टिप्पणीहरू