परराष्ट्र मन्त्रीसँग भारतीय राजदूतको भेट, परियोजनाहरुबारे विशेष चासो
नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । उहाँहरुबीच सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको बताइएको छ ।
सो अवसरमा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको जानकारी दिइएको छ । उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिँदै राजदूत श्रीवास्तवले दुई देशबीचको सम्बन्ध सुदृढ बनाउने र भारतीय सहयोगमा सञ्चालित परियोजनाहरु तोकिएको समयमा सम्पन्न गर्ने विषयमा चासो राख्नुभएको छ ।
टिप्पणीहरू