मन्त्री बन्नासाथ अमेरिका जाने पहिलो अवसर भगवतीलाई

मन्त्री बन्नासाथ अमेरिका जाने पहिलो अवसर भगवतीलाई

हिजो पुनर्गठित पुष्पकमल दाहालको सरकारले महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीलाई अमेरिका पठाउने भएको छ । आज बसेको क्याबिनेट बैठकको निर्णयअनुसार चौधरी ६८ जनाको जम्बो टोली लिएर अमेरिका जानेछिन् ।

उनले संयुक्त राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमन’ को ६८ औं सत्रमा भाग लिने कार्यक्रम छ । यसअघि मन्त्री सुमनराज अर्यालले अमेरिका जाने तयारी गरिरहेको बेला सरकार परिवर्तन भएकाले उनी रोकिएका थिए ।

टिप्पणीहरू