निर्वाचन आयोगद्वारा रेशम चौधरी अवैध ठहर

निर्वाचन आयोगद्वारा रेशम चौधरी अवैध ठहर

निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको पुरानै कार्यसमितिलाई मान्यता दिएको छ । आयोगको आज बसेको बैठकले रेशम चौधरी नेतृत्वको कार्यसमितिलाई अवैधानिक ठहर गरेको छ ।

टीकापुर घटनामा जन्मकैद सजायपछि आममाफी पाएका चौधरी गत पुसमा सम्पन्न पार्टी अधिवेशनबाट सर्वसम्मत अध्यक्ष बनेका थिए । त्यसपछि उनको नेतृत्वमा निर्वाचित कमिटीलाई अद्यावधिक गर्न माघको अन्तिम साता आयोगमा निवेदन दिइएको थियो । 

तर आयोगले चौधरी पार्टी सदस्यसमेत हुन अयोग्य रहेको निश्कर्ष निकालेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए । उनले जनआस्थासँगको कुराकानीमा भने, ‘आज बिहान बसेको आयोगले बैठकले राजनीतिक दल ऐन अनुसार रेशम चौधरी पार्टी सदस्य हुन पनि अयोग्य रहेको निश्कर्ष निकालेको छ ।’

रेशम चौधरीलाई अध्यक्ष चयन गरेको अधिवेशन नै अवैधानिक ठहर गरिएको  छ ।

टिप्पणीहरू