रघुवीरको मुन्तिर बसेर मन्त्री नखाने उपेन्द्रको अडान
पुरानो गठबन्धनमा सहज गणित हुँदाहुँदै एमालेसँग सहकार्य अघि बढाउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सत्ता साझेदार दलका आकांक्षा व्यवस्थापन गर्न सकस पर्ने देखिएको छ ।
नेपाली काँग्रेसले बैकल्पिक गठबन्धन बनाउने प्रयास गरिरहेका बेला एकीकृत समाजवादीलाई मनाएर क्याबिनेट गठन गरेको २४ घण्टा नबित्दै जसपा अध्यक्ष उपेन्द्र यादवका कारण प्रधानमन्त्रीलाई अप्ठेरो आइलागेको छ । बालुवाटार स्रोतका अनुसार उपेन्द्रले मन्त्रीहरुको वरियतामा रघुवीर महासेठभन्दा माथि रहनुपर्ने अडान लिएपछि प्रधानमन्त्री अप्ठेरोमा पर्नुभएको छ ।
आज अपराह्न प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका उपेन्द्रले रघुवीर भन्दा तलको वरियतामा उपप्रधानमन्त्री नबन्ने प्रष्ट सन्देश दिएर निस्किएको सो पार्टी स्रोतले जनाएको छ ।
जसपाले अस्ति सोमबार नै सरकारमा जाने निर्णय गरिसकेको छ । अध्यक्ष उपेन्द्र आफैँ सरकारमा सहभागी हुन इच्छुक देखिएका छन् । तर,मधेस सरकारको निरन्तरताको सुनिश्चितता र क्याबिनेटमा प्रधानमन्त्रीपछिको वरीयता खोजेका उनले प्रधानमन्त्रीलाई आफू (स्वास्थ्य) र नवलकिशोर साह (बन) को सिफारिस गरे पनि शपथ खान मानेका छैनन् ।
आज अपराह्न प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका उपेन्द्रले रघुवीर भन्दा तलको वरियतामा उपप्रधानमन्त्री नबन्ने प्रष्ट सन्देश दिएर निस्किएको सो पार्टी स्रोतले जनाएको छ ।
क्याबिनेटमा अहिले नै तीन उपप्रधानमन्त्री छन् । रघुवीर, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेको क्रमश: पहिलो दोस्रो र तेस्रो वरीयता तोकिएको छ । दलीय हैसियतका आधारमा उपप्रधानमन्त्रीको वरीयता तय गरिएकाले यौटै पार्टीमा हुँदा नारायणकाजी भन्दा निकै तल रहेका रघुवीर क्याबिनेटमा भने माथि परेका हुन् । तत्कालीन नेकपामा नारायणकाजी सचिवालय सदस्य रहँदा रघुवीर केन्द्रीय सदस्य मात्रै थिए ।
तर, उपेन्द्र भने त्यसमा राजी नभएको बताइएको छ । प्रधानमन्त्रीले जसपाका लागि दुई मन्त्रालय छुट्याएर राख्नुभएको छ । तर, उपप्रधानमा पहिलो वरीयता दिने स्थिति देखिंदैन । त्यसो हुँदा उपेन्द्र उछिट्टिएर कांग्रेसले थाप्दै गरेको 'ढोक्सा'मा पुग्ने त होइन ? भन्ने आशंकाले नयाँ गठबन्धनमा चिन्ता बढेको छ ।
टिप्पणीहरू