एमालेले थाल्याे पछिल्लो राजनीतिक अवस्थाबारे छलफल

सुन्नुहोस्

प्रमुख प्रतिपक्षी दलबाट सत्तारुढ बनेपछि एमालेको सचिवालय बैठक बसेको छ । पार्टी मुख्यालय, च्यासल ललितपुरमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बिहान १० बजेदेखि बसेको जनाइएको छ ।

एमालेले मुलुकको वर्तमान राजनीतिक अवस्था, समसामयिक विषयमाथि छलफल गर्न लागेको बताइएको छ ।

बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु, महासचिव शंकर पोखरेललगायत सबैजसो पदाधिकारीको उपस्थिति छ ।

टिप्पणीहरू