गठबन्धनलाई समर्थन गर्न एमालेको आह्वान

गठबन्धनलाई समर्थन गर्न एमालेको आह्वान

नेकपा एमालेले नयाँ गठबन्धनलाई समर्थन गर्न अन्य राजनीतिक दलहरूलाई अपिल  गरेको छ । 

पाँच दलीय नयाँ सत्ता समीकरण बनेपछि पहिलोपटक आज बसेको सचिवालय बैठकले अन्य राजनीति दललाई पनि साथ र समर्थन दिन अनुरोध गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । 

बैठकले सत्ता समीकरणमा आएको परिवर्तनलाई सकारात्मक रूपमा ग्रहण पनि गरेको छ । देशको विकास, स्वाधीनताको रक्षा र संमृद्धिका लागि नयाँ सहकार्य फलदायी बन्ने एमालेले विश्वास लिएको छ ।  

‘नयाँ सहकार्य फलदायी बनाउनुपर्छ र देशको विकास, स्वाधीनता रक्षा र समृद्धिका लागि यसले अनुकूलता सिर्जना गरेको छ', बैठकपछि महासचिव पोखरेलले भने, 'प्रचण्ड नेतृत्वमा ५ राजनीतिक दलमा सामेल भएर सरकार निर्माणको प्रक्रियामा अघि बढेका छौं । यो नयाँ प्रक्रियालाई साथ समर्थन गर्न अन्य राजनीति दललाई पनि अनुरोध गरेका छौं ।'

त्यस्तै, पार्टीको ७५ औं स्थापना दिवस देशभरीका अगुवा कार्यकर्ता भेला गरी विशेष रूपमा मनाउने बैठकको निर्णय छ । बैशाख ८ र ९ गते महाधिवेशन परिषदको बैठक आह्वान गर्ने निर्णय भएको पोखरेलले जानकारी दिए ।

टिप्पणीहरू