सभापति सरकारमा, सांसदहरु सडकमा

सभापति सरकारमा, सांसदहरु सडकमा
सुन्नुहोस्

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरु आन्दोलनकारीको समर्थन गर्दै सडकमा निस्किएका छन् । 

शक्तिशाली चार मन्त्रालय लिएर सभापति रवि लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी भएको दोस्रो दिन मीटरब्याज पीडितलाई सघाउन भन्दै त्यस पार्टीका तीन सांसद भृकुटीमण्डप पुगेका हुन् । सरकारसँग विभिन्न माग राख्दै केही समययता मीटरब्याज पीडितहरु भृकुटीमण्डपमा धर्ना बसिरहेका छन् । 

त्यसप्रति समर्थन जनाउन रास्वपाको जिम्मेवार नेतासमेत रहेका सांसदत्रय तोसिमा कार्की,सोभिता गौतम र चन्दा कार्की आज मध्याह्न धर्नास्थल पुगेका थिए । धर्नामा ऐक्यवद्धता जनाई पीडित समूहको स्वास्थ्य परीक्षण गर्न मेडिकल टोलीसहित उनीहरु त्यहाँ गएको बताइएको छ । 

सरकार बाहिर रहँदा मीटरब्याज पीडितको पक्षमा चर्का भाषण गर्ने सभापति लामिछाने नै गृह मन्त्रालयको कुर्सीमा छन् । तर, लोकरिझ्याई'को राजनीति गर्ने गरेको आरोप लाग्ने रास्वपाका नेताहरु भने सरकारमार्फत वैधानिक बाटोबाट समस्याको समाधान खोज्ने विकल्प छोडेर आन्दोलनकारीसँग कुम जोड्न पुगेका हुन् ।

टिप्पणीहरू