मसानघाट उधिनेर शव निकालियो, बाबु-आमामाथि हत्या अभियोग

मसानघाट उधिनेर शव निकालियो, बाबु-आमामाथि हत्या अभियोग

पर्साको वीरगञ्जमा एक नाबालकको हत्यामा आमा-बाबु नै संलग्न रहेको खुलासा भएको छ । वीरगञ्ज महानगरपालिका–१२ मुर्लीका शम्भु महतो र उनकी श्रीमती सबतादेवीले १२ वर्षे छोराको निर्मम हत्या गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको हो । 

हत्या अभियोगमा दुबै जना पक्राउ परिसकेका छन् । प्रहरीका अनुसार उनीहरुले छोरालाई मारेर शव सिर्सिया नदी छेउस्थित मसानघाटमा गाडेका थिए । स्थानीयको खबरपछि प्रहरी टोलीले शव उधिनेर निकालेको थियो । 

प्रहरीले शव परीक्षणका लागि नारायणी अस्पतालमा पठाएको छ । महतो दम्पत्तिले आफ्नै छोरोको हत्या गर्नुको कारणबारे अझै खुलिनसकेको प्रहरीले बताएको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता नायव उपरीक्षक कुमारविक्रम थापाले घटनाको अनुसन्धान भैरहेको जानकारी दिए ।

टिप्पणीहरू