भारतमा बेच्न लगिएकी १८ वर्षीया युवतीको सीमा क्षेत्रबाट उद्धार

भारतमा बेच्न लगिएकी १८ वर्षीया युवतीको सीमा क्षेत्रबाट उद्धार

भारतमा बेच्न लगिएकी बागलुङकी १८ वर्षीया युवतीको उद्धार गरिएको छ ।

भारतीय दलालसँगको साँठगाँठमा नेपाली दलालले ती युवतीको बाँकेको सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको बताइएको छ ।

बाँकेको डुडुवा गाउँपालिका–१, खडैचास्थित बिओपीबाट खटिएको सशस्त्र प्रहरी टोलीले तीन जनालाई नियन्त्रणमा लिएको छ । युवतीलाई रोल्पाका टुकबहादुर खत्री, भारतमा बस्दै आएकी चन्द्रा ओली र राम सुरेशले मोटरसाइकलमा राखेर भारत लैजाँदै गरेको अवस्थामा फेला पारिएको हो ।

अहिले युवतीलाई सेल्टरमा राखिएको छ भने पक्राउ परेका तीनै जनालाई प्रहरीमा बुझाइएको छ ।

टिप्पणीहरू