राष्ट्रिय सभा बैठकले अध्यक्षको निर्वाचन मिति तोक्दै
राष्ट्रिय सभाको आजको बैठकले रिक्त अध्यक्ष पदको निर्वाचनको मिति तोक्ने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे डाकिएको आजको बैठकमा राष्ट्रिय सभाको अध्यक्ष पदको निर्वाचनको दिन तोक्ने कार्यसूची छ ।
त्यसअघि अध्यक्षको पदपूर्ति नहुञ्जेलसम्मका लागि उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको नाम मनोननयन गर्ने कार्यसूची पनि छ ।आजै विषयगत समितिमा रहने सदस्यहरूको नाम हेरफेर तथा मनोनयनका लागि प्रस्ताव गरिँदै छ ।
आजको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यक्रम रहेको जारी दैनिक कार्यसूचीमा उल्लेख छ ।
टिप्पणीहरू