महिलामन्त्री अमेरिका नजाने

महिलामन्त्री अमेरिका नजाने
सुन्नुहोस्

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीको अमेरिका भ्रमण अन्तिम घडीमा रोकिएको छ । क्याविनेटले स्वीकृत गरिसकेको अवस्थामा मन्त्री आफैँले भ्रमण स्थगित गराउनुभएको हो । 

भोलिदेखि (मार्च ११ देखि २२ सम्म) अमेरिकामा आयोजना हुने यूएन वुमनको 'द कमिसन अन दि स्टाटस अफ वुमन' सम्मेलनमा भाग लिन मन्त्री चौधरी नेतृत्वको प्रतिनिधिमण्डल जाने कार्यक्रम थियो । तर, प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गरेकोले भ्रमण रोकिएको जनाइएको छ ।

मन्त्रीले भ्रमण स्थगित गरेपछि मन्त्रालयका सचिव सुमनराज अर्यालको नेतृत्वमा टोलि न्यूयोर्क प्रस्थान गरेको छ ।

टिप्पणीहरू