परराष्ट्रमा मन्त्री र राजदूतको भेट
गृह मन्त्रालयबाट परराष्ट्र पुग्नुभएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र अमेरिकी राजदूत डिआर थम्प्सनबीच भेटवार्ता भएको छ।
आज दिउँसो परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो । भेटमा आपसी हित र चासोका विषयमा कुराकानी भएको जानकारी गराइएको छ ।
कांग्रेससँगको सत्ता गठबन्धनमा उपप्रधानसहित गृहमन्त्री रहनुभएका श्रेष्ठले नयाँ गठबन्धन सरकारमा परराष्ट्रको जिम्मेवारी पाउनुभएको छ । नयाँ जिम्मेवारी पाएसँगै विभिन्न देशका राजदूतहरुसँग उहाँको भेटवार्ता चलिरहेको छ
टिप्पणीहरू