निर्वाचन सार्न काँग्रेसको आग्रह, भएन सुनुवाई

निर्वाचन सार्न काँग्रेसको आग्रह, भएन सुनुवाई
सुन्नुहोस्

राष्ट्रिय सभाको रिक्त अध्यक्ष पदको निर्वाचन पर्सि मंगलबार नै हुने भएको छ । आज बसेको राष्ट्रिय सभा बैठकमा सभाको अध्यक्षता गर्नुभएकी उपाध्यक्ष उर्मिला अर्यालले उक्त निर्वाचन फागुन २९ गते नै हुने निर्णय सुनाउनुभएको छ ।

अध्यक्षको जिम्मेवारीमा रहनुभएका उपाध्यक्षले भन्नुभयो, ‘राष्ट्रिय सभा नियमावली २०७५ को नियम ७ बमोजिम राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचनका लागि २०८० फागुन २९ गते मंगलबारका दिन तोकिएको छ । साथै नियमावली बमोजिम संघीय संसद्को महासचिव पदमप्रसाद पाण्डेयलाई अध्यक्ष पदको निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गर्न निर्देशन दिन्छु ।’

त्यसअघि नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्ष निर्वाचनको मिति सार्न प्रस्ताव गरेको थियो ।
 

टिप्पणीहरू